Posts

Showing posts from February, 2018

घुमघाम, मदिरा सेवन अनि ‘बलात्कार’

Image
काठमाडौँ — दिनभर घुमघाम र मदिरा सेवन अनि राति बलात्कार । २१ माघको राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी बनेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । घटनाको पाँच दिनपछि आफू बलात्कृत भएको भन्दै सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले जाहेरी दिएपछि घटना बाहिर आएको हो । अनुसन्धान नटुंगिएको र मुख्य आरोपी फरार रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत बताउन चाहेको छैन । घटनाको १५ दिन भइसक्दा पनि मुख्य आरोपी जुम्ला सिञ्जा घर भएका मनोज खत्रीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य आरोपी खत्री शृंखलाबद्ध गुन्डागर्दीमा संलग्न धादिङको राधे समूहनिकट छन् । अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा खोजी जारी रहे पनि आरोपी फरार छन् । वृत्तका डीएसपी रवि पौडेलले यतिमात्रै भने, ‘फरार रहेका मुख्य आरोपीको खोजी जारी छ ।’ स्रोतका अनुसार पक्राउ परेकी युवती बलात्कृत युवतीकी रुममेट हुन् । घटनाको राति उनी आफ्नो प्रेमीसँग अर्को कोठामा थिइन् । यसरी भ...